काठमाडाैँ । नेपाल (साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा छन् । गौतमसँगको कुराकानी पनि छापिएको छ ।
पार्टीले देशभर जित्दा तपईंले हानुभो, चुनावको ६ महिनामै संसदमा आउने योजना बनेको होरु
म हारेको होइन । सूर्य वा हँसिया हतौडामा मतदाता झुक्किँदा ५ हजार मत बदर भए । त्यसैले प्राविधिक रुपमा कांग्रेसका सञ्जय गौतमले जिते ।
डोल्पाका सांसदलाई राजीनामा गर्न राजी गराउनुभो ?
डोल्पा निश्चित भइसकेको छैन । मेरा लागि ठाउँ छाड्न दर्जन सांसद तयार छन् ।
तपाईं संसद नगई नहुने किन ?
संसदलार्इ निर्देशन सही बाटाेमा हिडाउँने क्षमता छ मेराेमा, सबैलाई मिलाएर हिँड्ने मजस्तो नेता को छ रु म ०५६ र ०४६ मा संसद भइनँ । ती संसद असफल भए । म भएका बेला ०४८, ०५१, ०७० मा सफल भए । ०५४ मा स्थानीय चुनाव गराएँ । ०७० मा एमाले काग्रेस र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान बनाउन भूमिका खेलेँ । म नलागेको भए शान्ति प्रक्रिया के हुन्थ्यो ? एमाले गणतन्त्रमा जान्थ्यो कि जाँदैनथ्यो ? संविधान बनाउन माओवादी सहमतिमा आउँथ्यो कि आउँदैनथ्यो रु तपाईँ आफैँ मूल्यांकन गर्नुस् ।
नेकपाभित्र प्रचण्ड र बामदेवको गुट बनिसकेको हो?
अहिले केपी कमरेड र प्रचण्डको जस्तो दोस्ती अरु कसैको छैन । माधवजी९माधव कुमार नेपाल० दुवैलाई खुसी बनएर खुसी हुनुहुन्छ । सबैलाई थाहा छ, म गुटबन्दी गर्दिनँ । प्रचण्डसँग पुरानो दोस्ती हो, पार्टी एकतापछि गाढा भयो । पूर्वएमालेसँग दोस्ती छँदैछ ।







