हेटौंडा । हिन्दु नेपाली नारीहरुको महान पर्व तीज हिजो मात्रैं सकिएको छ । तीजमा खानपान र नाचगानको खास महत्व रहेको हुन्छ । यसलाई एक रमाइलो पर्वको रुपमा लिने गरिन्छ । पछिल्लो समय तीज नारीहरुको मात्रैं होईन पुरुषहरुको पनि पर्व बन्न थालेको छ । सामाजिक रुपमा यसले सकारात्मक सन्देश दिने जानकारहरु बताउँछन । तर तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ ।

छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केहि बेरमै उनका निधन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । सिवाकोटी बहुराष्ट्रि कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा अस्पतालमा पोस्टमार्टमापछि आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार