काठमाडौं । संविधानको घेराभित्र रहेर बनेको सरकारमा उपप्रधानमन्त्री भएका नेता नैं संविधानलाई कालो भन्दैं हिडे के हुन्छ होला ? नेपाल सरकारका उपप्रधान तथा स्वास्थयमन्त्रीसमेत रहेको उपेन्द्र यादवले त्यसैं गरेका छन । उनले नेतृत्व गरेको राजपा लामो समयदेखि नेपालको संविधानको विरोध गरिरहेको छ ।
संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । यसले वर्षौपछि आएको संविधानप्रति अपमान भएको जानकारहरु बताउछन । असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रूपमा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री छन् भने उनकै दलका उपाध्यक्ष प्रदेश २ सरकारको उपप्रधानमन्त्री छन् ।
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा केन्द्र र प्रदेश सरकारमा सहभागी यो दलले भने कालो दिनका रूपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ । संविधान दिवस नमनाउने लाइनमा रहेको राजपा र फोरम प्रदेश २ सरकारमा छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेश सरकार भने संविधान दिवसको भव्य तयारीमा छन् । सरकारको नेतृत्व गरेका यी दुई दल भने विरोधस्वरूप कालो दिन घोषणा गरेर अघि बढेका छन् । आजको राजधानी दैनिकमा खबर छ । janaboli बाट







