काठमाडौ । नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण सकेर हालैं नेपाल आएका छन । दाहालले भारतमा उच्चस्तरिय भेटवार्ता गरेका छन । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गृहमन्त्री राजनाथ सिंह लगायतका नेताहरुसँग भेट गरेको जनाइएको छ । दुई देश विचको सम्बन्धलाई नयाँ आयाम दिनको लागि र भारतसँग भए गरेका पुराना सम्झौंताको बारेमा आफ्नो भ्रमण रहेको दाहालले सञ्चारकर्मिहरुलाई जानकारी दिएका छन ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तरवार्तामा अध्यक्ष प्रचण्डले अबको दुई वर्ष भित्र आफु प्रधानमन्त्री बन्ने बताएका छन । उनले माओवादी एमालेको एकता चिनियाँ प्रभावका कारणले नभई राजनीतिक स्वार्थका आधारमा भएको जनाएका हुन । नेपाली कांग्रेससँग भागवण्डा नमिलेको कारण एमालेसँग एकता गर्नुपर्ने वाध्यतात्मक अवस्था सृजना भएको नागरिक दैनिकले लेखेको छ ।
उनले नेपाली कांग्रेसले १५ देखि २० प्रतिशत दिने भनेको थियो तर नेकपा एमालेले ४० प्रतिशत अफर गर्यो अनि चुनावि तालमेल गर्न पुगेको हौं । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्य एक पद दिनुपर्ने सहमतिका आधारमा पार्टी एकता भएको जानकारी दिएका छन ।







