रामेछाप, २८ भदौ । १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्दा बालिकाले हानेको रडले ६५ वर्षीय पुर्णवहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको छ ।

रामेछाप नगरपालिका वडा नं ७ को मुढाजोरको रजयछाप निवासी ६५ वर्र्षीय पुर्ण वहादुर श्रेष्ठको नाताले छिमेकी नातिनीले हानेको फलामको रडवाट विहीवार दिउँसो मृत्यु भएको हो । आज विहान घरबाट केही टाढाको वारीको कान्लामा घाँस काट्न हिडेकी नातिनी (नाम परिवर्तन) १३ वर्षीय गंगा श्रेष्ठ माथि ६५ वर्षीय पुर्णवहादुरले बिच बाटोमै पछाडिबाट समातेर बलात्कारको प्रयास गरेका थिए ।

पुर्णवहादुरले बल प्रयोग गरेर लडाउन खोजेपछि गंगा पूर्णबहादुरको हात फुत्काएर भाग्न सफल भएकी थिइन् । आफुलाई जर्वजस्ती गर्न खोजेपछि आवेशमा आएकी गंगाले आफ्नो घरमा आएर फलामको रड लिएर पूनः पुर्णवहादुरको घरतर्फ गएकी थिइन् ।

पूर्णवहादुरको घरमा पुगेकी गंगाले रड प्रहार गर्दा श्रेष्ठको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गंगाले वृद्धको हत्यामा प्रयोग भएको रडसहित प्रहरी चौकी रामेछापमा पुगेर आत्मा समर्पण गरेकी छन् ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा वास्तवीक घटना बुझ्नको लागि घटनास्थलमा प्रहरी पठाएको जानकारी प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए । news24nepal बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार