विबाहकै दिन श्रीमती भाग्दाको अनुभव कस्तो होला ? सुन्दै अचम्म लाग्ने यो घटना हो टर्कीको ।
बेहुली बनाएर जिन्दगी बिताउने अभिलाषाका साथ बेहुला राजा तुरकलकाले आफ्नी दुलहीसँग सुहागरात मनाउन नपाउँदै लाखैँको गहना लिएर भागेको डेलीमेलले लेखेको छ ।
उनीहरुले परिवारको सहमतीमा नै एक म्यारिज ब्युरोमार्फत विबाह गरेका थिए । सिरियाली आप्रवासी रहेकी यी युवकीले यसअघि पनि दुइपटक सम्म यस्तै विवाहको नाटक गरेर ठगी गरेको खुलासा भएको र प्रहरीले खोजीकार्य जारी राखेको बताइएको छ ।
विवाहको रात ठग बेहुलीले बेहुलालाई पेय पदार्थमा लठ्ठीने चिज मिसाएर खुवाएको र गहना तथा उपहार लिएर भागेको बताइन्छ । osnepal







