रौतहट । बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले पीडित पक्षलाई एक लाख २० हजार दिएर मिलापत्रका लागि दिएको दबाब असफल भएको छ ।
गढिमाई नगरपालिका– ३ मा १२ वर्षकी बालिकालाई ५५ वर्षका सहमद अन्सारीले बलात्कार गरेको पीडित परिवारको आरोप छ । सो घटना मिलाउन प्रदेश सांसद आजादले आफ्नै घरमा पञ्चायत ९स्थानीयको भेला० राखेका थिए । पीडित परिवारका अनुसार सांसद आलमले उजुरी नदिन धम्क्याएर चार दिनसम्म पञ्चायत राखे ।
पञ्चायतले बलात्कारको आरोप लागेका अन्सारीसँग एक लाख ७० हजार क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । सो रकमबाट एक लाख २० हजार पीडित परिवारलाई दिने र ५० हजार पञ्चायत बसेका सदस्यले बाँडेर लिने निर्णय गरिएको थियो । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ ।
https://www.youtube.com/watch?v=9tiS5iUySrw&t=30s







