बेइजिङ । तपाई कुनैं चर्चित होटेलमा खानको लागि भनेर जानु भयो । जब तपाइ खाने तयारी गर्दै हुनुहुन्थ्यो अचानक तपाईको थालमा मरेको मुसा भेट्टीयो अब के गर्नुहुन्छ ? यस्तैं एक घटना चीनको शेडोंग प्रांतको एक प्रसिद्ध हटस्पोट रेस्टुरेन्टमा भएको छ । जहाँ गर्भवती महिलाको लागि ल्याएको खानामा एक मृत मुसा पनि सँगैं आएको हो । यो घटना पछि अहिले यो रेस्टुरेन्ट बन्द भएको छ ।

चिनियाँ सञ्चारमाध्यका अनुसार, गर्भवती महिला र तिनको परिवार हटबुट रेस्टुरेन्ट, शिबु पुआबामा खानाको लागि गएका थिए । जब ति महिलाले खाना खान लागिन तब उनको थालमा एक मरेको मुसा देखापर्यो । अहिले खानामा मुसा परेको भिडियो सामाजिक सञ्जालमा धेरैं भाइरल भइरहेको छ । खानामा मरेको मुसा राखेको रेष्टुडेन्टले पनि महिलालाई ५००० युआन अर्थात झण्डैं ८०० डलर क्षतिपूर्ति पनि प्रदान गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार