काठमाडौ । धनकुटाका १६ वर्षे एक युवाले पेट्रोल विना नै गुड्ने मोटरसाईकल बनाएको दाबी गरेका छन् । यसैवर्ष माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विवेक श्रेष्ठले विद्युतीय चार्च गरेर कुदाउन सकिने मोटरसाईकल बनाएका हुन् । धनकुटा–६ घर भएका विवेक श्रेष्ठले १६ बर्षकै उमेरमा व्याट्रीबाट चलाउन मिल्ने मोटरसाइकल बनाएका छन् । माध्यमिक शिक्षा परीक्षा सकिएपछिको फुर्सदको समय सदुपयोग गर्दै श्रेष्ठले मोटरसाईकल बनाएका हुन ।
विभिन्न रचनात्मक गतिबिधीमा चासो राख्ने र सामग्री बनाउने गरेका उनले घरायसी सामग्रीको उपयोगले छोटो समयमैं मोटरसाइकल बनाएर उदाहरणीय काम गरेका हुन् । विवेकले मोटरसाईकल बनाउँदै गर्दा उनका आमा–वावुलाई सफल होला भन्ने पूर्ण विश्वास नभए पनि आशा चै थियो । तर, अहिले छोराले बनाएको वाईकमा चढ्न पाउँदा विवेकका वावुआमा पनि खुशी छन् । टिनको पाता, धरामा प्रयोग हुने फलामको पाईप, काठको फल्याक, रड लगायत समाग्री प्रयोग गरी बनाइएको मोटरसाईकल तीन घण्टा चार्ज गरेपछि समथल सडकमा ६० किलोमिटरसम्म गुड्न सक्छ ।
Comment







