पाल्पा, २९ भदौ तानसेन नगरपालिका १, मिशन अस्पताल नजिकै खल्लु धारामा एक पुरुषको शव फेला परेको छ ।
शुक्रवार विहान स्थानीयले गन्हाएको भनि प्रहरीलाई खबर गरेपछि खोज्ने क्रममा सडेको अवस्थामा शव भेटिएको हो । उक्त एरियामा केही दिनदेखि दुरगन्ध आइरहेको र बढी दुर्गन्ध आउन थालेपछि बल्ल खबर प्रहरी समक्ष गरेका हुन् ।
तानसेनको मिशन अस्पतालमा कुचिकारको रुपमा कार्यरत ३९ वर्र्षीय सुनिल क्षेत्रीको शव भएको प्रहरीले जनाएको छ । श्ुानिल मिशन अस्पतालमा रात्रीकालीन ड्युटी गरेर भाद्र १० गते घर गएका र ११ गते काममा पुन नर्फर्केपछि उनको खोजी भइरहेको थियो ।
पाल्पा प्रहरीका अनुसार नशालु पदार्थ सेवन गरेर भीरबाट लडेको हुनसक्ने देखिएको प्रहरी प्रमुख विश्वमणी पोखरेलले बताए । उनको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।







