अाफुलार्इ चाैतर्फी हमला भइरहेकाे बेला सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अाफ्ना पार्टीका नेता/कार्यकर्तालाई ‘अरिंगालको जति बुद्धि छ कि छैन’ भन्दै झपारेर प्रश्न गरेका छन्।

राजधानीमा अायाेजित एक कार्यक्रममा अाेलीले देशी/विदेशी प्रतिक्रियावादीहरूले पार्टी र सरकारविरुद्ध हमला गरेको गर्दै साे हमलालाई एकताबद्ध भएर जवाफ दिनुपर्ने बताए।

अाेलीले अाफुमाथि हमला भइरहेकाे बेला पार्टीमा पूर्व माअाेवादी केन्द्रका नेतादेखि कार्यकर्ताहरू माैन भएर बसेकाे भन्दै अरिंगालजस्तै हुनुपर्नेमा भाषणकाे पूरै सयम त्यसैमा खर्च गरेका थिए ।

‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ। तर हामीसँग अरिंगालको गोलो जति पनि बुद्धि छ कि छैन। त्यो हामीले हेर्नुपर्छ’, ओलीले नेता, कार्यकर्तालाई प्रश्न गरे, ‘एउटा अरिंगाल मार्‍यो भने त्यसलाई मार्‍यो ठीकै छ नि! अर्कोलाई हमला गर्‍यो, ठीकै छ भन्ने गर्छौं कि एकजुट भएर लाग्छौं?’

प्रतिक्रियावादीका हमलालाई नेता/कार्यकताले जवाफ नदिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका हुन्।

‘केही कुरामा चित्त बुझेन भने प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदैनौं। प्रतिक्रियावादीले हमला गर्‍यो भने यसो हेर्यो प्रचण्डलाई हमला गरेको रहेछ ठीकै भएछ। म मुस्कुराउँछु’, ओलीले अध्यक्ष प्रचण्डतिर हेर्दै थपे, ‘अनि मलाई हमला गरेको बेला केपी ओलीलाई हमला गरेको रहेछ ठीकै छ भनेर मुस्कुराइन्छ। यस्तो गर्दै गयौं भने प्रतिक्रियावादी हतोत्साही हुने होइन उत्साहित हुन्छन्।’

नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत हुँदै गरेको उनले बताए। इमान्दारीपूर्वक सहिदका सपना साकार पार्ने गरी अघि बढ्न उनले आग्रह गरे।

तत्कालीन माओवादीका नेता स्व.पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा अाेलीले यस्ताे बताएका हुन् ।

https://youtu.be/WfPhOPwIMGQ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार