५२ दिन बितिसक्दा पनि निर्मला पन्तकाे हत्यारा पत्ता नलागेपछि काठमाडाैंलगायत देशैभर विराेध प्रदर्शन शुरू भएकाे छ ।

देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नहरूलाई कारबाही गर्न र पीडितलाई न्याय दिनलगायतका माग राखेर राजधानीमा प्रदर्शन भयाे । प्रदर्शनमा डा.गाेविन्द केसी, खगेन्द्र संग्राैलालगायत चर्चित अनुहारहरू पनि देखा परे ।

‘निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरमा युवाहरूले स्वतःस्फुर्त विरोध र्‍याली गरेका हुन्। शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाहरूले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकालाई न्याय दिन उनीहरूले माग गरेका छन्।

५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरूले सरकारको आलोचना गरेका छन्।

काठमाडौंको माइतीघर मण्डलबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरतर्फ अघि बढेको छ। राजधानीसहित आज मुलुकका विभिन्न जिल्लाका सदरमुकाममा पनि यसखालका विरोध र्‍यालीहरू भइरहेका छन्।

निर्मलाको हत्यारा पत्ता नलगाएपछि राजधानीलगायत देशैभर विरोध प्रदर्शन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार