काठमाडौं । कञ्चनपुरमा निर्मला पन्त हत्याको घटना सेलाउन नपाउँदै दैनिक जसो रहस्यमय घटनाहरु बाहिरिँदै आउन थालेका छन् । कञ्चनपुर प्रहरीलाई शनिबार मात्रै २ जनाको मृत्यु र दुई बालिकामाथिको यौन दुराचारका घटनाको जानकारी आएको छ ।

कञ्चनपुरको बेल्डाँडीमा १५ दिन पहिलेमात्रै दुईजना ६ वर्षीया बालिकालाई यौन दुव्र्यावहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँमा ५७ वर्षीय राजेन्द्र बिष्ट रहेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपी ६ वर्षीया बालिकामाथि बिष्टले यौनजन्य क्रियाकलाप गरेको आरोप लागेको छ । बिष्टमाथि प्रहरीको आशंका रहेतापनि जाहेरी नआएको बुझिएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका टुँडिखेल–१० मा गएराती श्रीमानले श्रीमतीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका छन् । प्रहरीलाई त्यसको जानकारी शनिबार बिहान १० बजेमात्रै आएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाका अनुसार ५० वर्षीय चन्द्र बहादुर पुनले अन्दाजी ३७ वर्षीया श्रीमती विमला पुनलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् । उनी अहिले फरार रहेको प्रहरीले जनाएको छ । पुनको खोजीकार्य जारी रहेको डिएसपी ओझाले जानकारी दिनुभयो ।

कञ्चनपुरको भाँसीमा शनिबार एक व्याक्ति मृत फेला परेका छन् । दैलेख नगरपालिका घुर्तिगाउँ घर भई करिब ७–८ वर्षदेखि महेन्द्रनगरमा तरकारीको व्यापार गर्दै आएका अन्दाजी ५५ वर्षीय आइते सार्की मृत अवस्थामा भेटिएका हुन् । उनी भाँसीदेखि उल्टाखाम जाने नहरको बाटोको आधा शरिर पानी र आधा जमिनमा भएकोे अवस्थामा फेला परेको घटनास्थलमा खटिएका डिएसपी ओझाले बताउनुभयो ।

janatasamachar बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार