काठमाडौं । कञ्चनपुरको उल्टाखामकी १४ वर्षीया निर्मला पन्त हत्याको रहस्य पेचिलो बन्दै गएको छ । हत्याको मुख्य दोषी अर्थात् हत्यारा को हो भन्ने बिषयमा प्रहरी नै अनविज्ञ हुँदा घटनाको प्रकृति जटिल बन्दै गएको हो । निर्मला हत्या प्रकरणले कञ्चनपुर मात्रै होईन देशैभर तरङ्ग फैलिएको छ । कञ्चनपुरमा भएको आन्दोलन र त्यहाँका स्थानीयले निर्मला पन्त हत्यमा प्रहरी नै उदासिन भएको र प्रमाण नष्ट पार्न खोजिएको आरोप लगाउँदै आएका छन् । त्यहाँका स्थानीयले निर्मलाले पहिरिएका वस्त्रलाई प्रहरीले प्रमाण नष्ट गर्न पखाल्न लगाएको बताएका छन् । नग्न अवस्थामा रहेकी निर्मला पन्तको शरिरलाई छोप्न वरपर त्यस्तो कुनै वस्तु नभएकै कारण उनले नै पहिरिएको भिजेको कपडा ओढाईएको घटनास्थलमा खटिएका प्रहरीको दाबी रहेको छ ।

एकेन्द्र खड्का, प्रहरी निरिक्षक(घटनास्थलमा खटिएको)

कञ्चनपुरमा भएको घटना, साउन ११ गतेको कुरा हो निर्मला पन्त एक स्थानीयको उखुबारीमा मृत अवस्थामा फेला परिन् । खोज्दै जाँदा प्रहरी र स्थानीयले उनलाई नग्न अवस्थामा फेला पारे । घटनास्थलमा खटिएका प्रहरी निरिक्षक एकेन्द्र खड्का भन्छन्, ‘हामी घटनास्थलमै थियौ, कुनै पूर्वाग्रही तवरले प्रमाण मेटाउने हिसाबले कपडा पहिराइएको होईन ।’ एक महिला प्रहरीले उनको नग्न शरिरलाई गुप्ताङ्ग छोप्नका निम्ति मात्रै कपडा ओढाएको हो । खड्काका अनुसार वरपर कुनै कपडा थिएन, उनैले पहिरिएको कपडा च्यातिएको अवस्थामा थियो, कपडामा माटो लागेकाले ती महिला प्रहरीले साधारण तरिकाले कपडालाई पानीमा डुबाएर ओढाएकी थिईन् । सामाजिक सञ्जाल, युटुव, अनलाईनमा आएका सबै समाचार गलत भएको खड्काको दाबी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार