काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा काँग्रेस सांसद गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापाको कार्य क्षमता कमजोर रहेको आरोप लगाउनु भयो । उहाँले पछिल्ला केही घटनामा गृहमन्त्री थापाले लिएका निर्णयले काम गर्ने क्षमता नभएको पुष्टि भएको थापाको तर्क थियो ।

सांसद थापाले जनताले सुरक्षाको प्रत्याभुति कहिले पाउने भन्दै प्रश्न गर्नुभयो । यस्तै बैठकको शून्य समयमा नेकपा सांसद कृष्ण कुमार राइले चाबहिल जोरपाटी साँखु सडक खण्डको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
news24nepal बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार