अमेरिकी भ्रमणमा रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई अमेरिकामा कालो झण्डा देखाइएको छ।

उनलाई अमेरिकाको डालस टेक्सासमा भएको एक कार्यक्रममा केही व्यक्तिहरुले ‘मडरर गो ब्याक’ भन्दै कालो झण्डा देखाएका हुन्। कालो झण्डा देखाउने व्यक्तिहरुले हातमा केही प्ले कार्ड समेत लिएर उपस्थित थिए।

बाबुराम र हिसिला यमी एक कार्यक्रमस्थल प्रवेश गर्दै गर्दा विराेधीहरूले कालो झण्डा देखाउँदै ‘नेपालका छोराहरुलाई मार्ने’, ‘कयौंलाई विधुवा बनाउने मडरर गो ब्याक’ भन्दै नारा समेत लगाएका थिए।

बाबुराम भट्टरार्इ न्यास्राे मुख लगाएर कार्यक्रमस्थल भित्र पसेका थिए । संयोजक डा बाबुराम भट्टराई गत भदौं २६ गते मंगलबार करीब एक महिना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम गरिरहेका छन्।

भ्रमण सकेर डा. भट्टराई आगामी असोज २२ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ।

भिडियाे –

https://www.facebook.com/prabhat.sapkota.7/videos/2103409886360490/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार