विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौँबाट उदयपुर प्रहरीमा लगिइएकाे छ।

शनिबार मात्र प्रवक्ता प्रकाण्डलार्इ काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाइएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए।

सर्वाेच्च अदालतले रिहा गर्ने अादेश दिइरहँदा पाँचाैपटक शुक्रबार रिहा भएका प्रकाण्डलार्इ प्रहरीले पुन गिरफ्तार गरेकाे थियाे । प्रवक्ता प्रकाण्डलार्इ  बम विस्फोटसम्बन्धी गतिविधि गरेकाे अाराेपमा उदयपुर लगेकाे प्रहरीले बताएकाे छ ।

उदयपुरमा प्रकाण्डलार्इ विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी रहेकाे उदयपुर प्रहरी उपरीक्षक राईले बताएका छन्।

यसअघि नै आधा दर्जन सो पार्टीका जिल्ला नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ।

प्रवक्ता प्रकाण्डलगायत अरू कयाैं नेताहरूलार्इ प्रहरीले यसअघि गिरफ्तार गरिसकेकाे छ । उनीहरूलार्इ पनि प्रहरीले बम विस्फाेट र अागजनीसम्वन्धी मुद्धा लगाइरहेकाे छ ।

अाफ्नै सर्वाेच्च अदालतकाे अादेश निर्णयलार्इ अवज्ञा गरेकाे भन्दै अाेली सरकारलार्इ सर्वाेच्चले कार्वाही गर्ने चेतावनी समेत दिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार