काठमाडौं । १ लाख रुपैयाँ घुससहित कोटेश्वर र काँडाघारी प्रभागका ९ प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका ९ जना प्रहरीलाई पक्राउ गरेको हो । एक लाख घुसहित सिपाहीदेखि असईसम्मगरी ९ जना प्रहरी पक्राउ परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
अख्तियारको टोलीले सबै प्रहरीलाई घुससहित एक भोजनालयबाट रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार सिपाही, तीन हवल्दार र दुई असई रहेका छन्। पक्राउ पर्नेहरुमा असई गोपाल श्रेष्ठसहित नौ जना रहेका छन् । बानेश्वर एरियाबाट पक्राउ परेका उनीहरुले बालुवाखानी सञ्चालकसँग धम्क्याएर एक लाख रुपैयाँ उठाएका थिए । आरोपित प्रहरीलाई अख्तियारकै हिरासतमा राखेर अनुसन्धान गरिने छ। केन्द्रबिन्दुबाट साभार,







