नेपालका नेताहरू खाेला तर्नु पर्याे भने अाफ्ना कार्यकर्तालार्इ बाेक्न लगाउँछन् । तर भुटानका प्रधानमन्त्रीले अफ्ठयाराे बाटाेमा अाफ्नै श्रीमतीलार्इ बाेकेर महिलाप्रति सम्मान गर्नुपर्छ भनेर सन्देश दिएका छन् ।

भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोब्गेले हालै आफ्नी पत्नीका लागि यस्तो काम गरेर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ। छिरिङ तोब्गेले आफ्नो ट्विटर ह्याण्डलमा श्रीमती बोक्दै गरेको एउटा तस्बिर सेयर गरे।
उनले निकै अप्ठेरो बाटोमा पत्नीलाई पिठ्युँमा बोकेर हिँड्दै गरेको तस्बिर ट्वटी गरेपछि भाइरल भएको हो। तस्बिरमा बाटो एकदमै कच्ची र हिलाम्य देखिन्छ।पूर्वप्रधानमन्त्री तोब्गेले फोटो सेयर गर्दै लेखेका छन् , ‘सर वाल्टर रालेघजस्तो साहसी म होइन तर हरेक श्रीमानले श्रीमतीलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिनका लागि तस्बिर सेयर गरेको हुँ।’
सर वाल्टर रालेघ एक बेलायती कवि थिए। एकपटक उनले महारानी एलिजाबेथ प्रथम हिँड्ने बाटोमा हिलो भएपछि आफ्नो ओभरकोट फुकालेर बाटोमा ओछ्याइ दिएका थिए। छिरिङ तोब्गेको फोटो भाइरल भएसँगै सामाजिक सञ्जालमा उनको निकै नै प्रशंसा भैरहेको छ।
मोहम्मद अताउर रहमान ट्वीट गर्दै भन्छन्, ‘तपाईँ जुनसुकै पदमा हुनुहोस्, पत्नीप्रतिको तपाईँको प्रेम प्रकट भएको छ । तस्बीर सेयर गर्नुभएकोमा धन्यवाद। यो नयाँ पिँढीका लागि प्रेरक हुनेछ कि उनीहरुलाई आफ्नो पत्नीको ख्याल कसरी गर्ने भन्ने बारे सोच्न बाध्य बनाउनेछ।’
त्यस्तै सुशील नाम गरेका एक ट्वीटर प्रयोगकर्ता लेखेका छन्, ‘एकदमै राम्रो कुरा गर्नुभयो सर, सबै पुरुषले तपाईँप्रति गर्व गर्नुपर्छ।’
त्यस्तै ईश्वर कुलकर्णी लेख्छन्, ‘वास्तविक जीवनको बाहुबली देवसेना तथा अमरेन्द्र बाहुबली ।’
अर्का युजर रतनले लेखेका छन्,’ भुटानका पूर्व प्रधानमन्त्रीले श्रीमती बोक्दै गरेको तस्बिर निकै सन्देशमुलक छ। यसको अरु पुरुषले पनि सिको गर्नुपर्छ।’
छिरिङ तोब्गे जुलाई २०१३ देखि ९ अगस्ट २०१८ सम्म भुटानका प्रधानमन्त्री बने। अहिले मुख्य सल्लाहकार तथा प्रधानन्यायाधीश रहेका छिरिङ वाङचुकले भुटानको अन्तरिम सरकारको अध्यक्षता गरिरहेका छन्।







