रुन्टीगढी गाउँ पालिका वार्ड नं. ७ रोल्पाका नेता कार्यकर्ताहरू ।

तत्कालीन माअाेवादी जनयुद्धकाे उदगम थलाे रोल्पामा यतिबेला विप्लव नेतृत्वकाे नेकपाकाे गतिविधी निकै अाक्रामक ढंगले अगाडि बढिरहेकाे छ ।

विप्लव नेकपाका नेता कार्यकर्ताहरू अहाेरात्र अभियानमा खटिरहेका छन् । यसै क्रममा विभिन्न पार्टी परित्याग गरि १९ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

एकीकृत जनजागरण अभियान अन्तर्गत रुन्टीगढी गाउँ पालिका वार्ड नं. ७ सत्तिम रोल्पामा अभियानकै क्रममा एमाले माके र नेपालि काङ्ग्रेसबाट १९ जना नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

सोही क्रममा भरत रोकाको अध्यक्षतामा ३ जना पछि थप्ने गरि १५ सदस्यीय योङ रेड फोर्स संगठन निर्माण गरिएको छ ।यसैबीच बन्धुको नेतृत्वमा ७ सदस्यीय रुन्टीगढी गाउपालिकामा जनसत्ता गठन गरिएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि गेमी रहनु भएको थियो, सञ्चालन विद्यार्थी जिल्ला संयोजक सुशील परियारले गर्नु भएको थियो र कार्यक्रम बन्धुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विप्लव नेकपाकाे अाक्रामक गतिविधीले सत्ताधारी नेकपालार्इ बेचैन बनाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार