
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्ला सचिव सन्तोष सुवेदी (प्रयास) लाई अाेली सरकारले साेमबार गिरफ्तार गरेकाे छ ।
रोल्पा नगरपालिका वडा.१० धवाङमा शान्तिपूर्ण कार्यक्रम गरिरहेकाे बेला नेकपा राेल्पाका सचिव प्रयासलार्इ प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेकाे नेकपा राप्ती व्युराे जनाएकाे छ ।
‘हामी शान्तिपूर्ण जनभेटघाट गरिरहेका छाै तर अाेली सरकारकाे हामीलार्इ शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिइरहेकाे छैन ।’ विप्लव नेकपा राेल्पाका एक जिल्ला नेताले भने, ‘अाेली सरकारकाे यस्ताे हर्कतले हामीलार्इ अाक्राेशित तुल्याएकाे छ ।’
सरकार एकातिर वार्ता र अर्काेतिर दमनकाे बाटाे अपनाएर विप्लव नेकपालार्इ अनावश्यक उत्तेजित बनाउन खाेजेकाे भन्दै नेपाली कांग्रेस राेल्पाका एक नेताले सरकारकाे यस्ताे रवैयाप्रति अाक्राेश पाेखे ।
सेक्रेटरी प्रयासकाे गिरफ्तारीकाे कडा शव्दमा विराेध गर्दै नेकपा राप्ती व्युराे इन्चार्ज सुवासले तत्काल गिरफ्तार अाफ्ना सेक्रेटरी प्रयासलार्इ रिहा गर्न चेतावनी दिएका छन् ।
हालै मात्र सरकारले वार्ता टाेली बनाएर नेकपाका नेताहरूसँग वार्ताकाे वातावरण बनाइरहेकाे बेला अाेेली सरकारकाे भनार्इ र व्यवहारमा विराेधाभास भएकाे भन्दै नागरिक समाज र मानवअधिकारवादीहरूले यस्ताे कार्यकाे विराेध गरेका छन् ।








