पछिल्लो समय अत्यन्तै चर्चामा आएको गीत मन बिनाको धन ठुलो धेरै दर्शक स्रोताको मनमा बस्न सफल भयो ।
यो गीतपछि अशोक दर्जीलाइ धेरै दर्शक स्रोताहरुले माया गरेर सहयोग गर्नु भयो । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको स्वर रहेको यो गीतले देश विदेशका सबै सहयोगी मनहरुलाई सहयोग गर्न प्रेरित पारिदियो ।
अशोक दर्जीको परिवार अत्यन्तै कम्जोर रहेकोले उसलाई घर र जग्गा किन्न मन भएका सहयोगी दाताहरुले सहयोग गरेर आज अशोक दर्जीसंग चिटिक्क परेको घर छ ।
अशोक दर्जी र टंक बुढाथोकीको स्वर रहेको गीत मन बिनाको धन ठुलो कि धन बिनाको मन ? प्रस्न उब्जिएको यो गीतको उतर दिने उदेश्यले टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकीले एउटा कथामार्फत यसको उतर दिने प्रयास गरेका छन् ।
पूर्व झापाको बेलडाँगी स्थित अशोक दर्जीको गीत छायांकन गरिएको ठाउमानै यो भिडियोको शुटिंग गरिएको हो । टिकाराम बुढाथोकीको धारणा तथा निर्देशनमा तयार पारिएको यो गीतमा अभिनय धेरैको रहेको छ भने शिशिर बुढाथोकीको सह निर्देशन र संदेश मोतेको छायांकन रहेको छ ।
कृपया भिडियो हेरेर जानकारीको लागि सेयर गर्दिनुहोला । osnepal
https://youtu.be/iD3u51RiUDk







