अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन् । मंगलबार अमरगढी नगरपालिका–७ पोखरा प्यारा मेडिकल कलेज नजिक रहेको खोलामा सोही ठाउँका अन्दाजी २२ वर्षीय इन्द्र ताम्राकार मृत फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

उनले घटनाको प्रकृति हेर्दा ३÷४ दिन अगाडि नै उनको मृत्यु भएको जस्तो देखिएको बताए । शव पोष्ट मार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार