पुनर्गठित माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकी ‘शुशील’ले  महिलाहरूमाथि बढिरहेकाे बलात्कारजस्ता घट्ना नअाउन दिन उनीहरूलार्इ बन्दुक बाेक्ने अनुमति राज्यले दिनुपर्ने बताएका छन् ।

काठमाडाैंकाे संवाद डबलीमा पार्टी निकट अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलनबारे जानकारी दिन अायोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासिचव शुशीलले आत्मरक्षाको लागि महिलालाई हतियार बोक्न अनुमति दिनु पर्ने धारणा राखेका हुन् । उनले महिलालाई कमजोर हुन्छन् भनेर नै आक्रमण गरिन्छ त्यसकारण मनोवल उच्च राख्न र आत्मरक्षाको लागि हतियार राख्न अनुमति दिनु पर्ने बताए । उनले कस्तो हतियार राख्ने र कस्तो अवस्थामा प्रयोग गर्ने भन्नेमा छलफल गरेर टुंग्याउन सकिने बताए ।

त्यसैगरी १५ वर्ष उमेर पुगेका महिलालाई आत्मरक्षाको लागि विशेष तालिम दिनु पर्ने धारणा शुशीलले राखे । उनले निर्मला पन्तसहित देशभर भइरहेका हत्या र बलात्कारका घटनाले विश्वमै नेपालको बेइजत भइरहेको बताए ।

दोषीलाई कारवाही गर्नुको साटो सरकारकै उच्च तह बसेकाहरु बचाउन लागिरहेको बताए । उनले निर्मला पन्तलगायत देशभर भइरहेका घटनाको छानविनको तरिका र समयले त्यसलाई पुष्टि गरेको बताए ।

जनयुद्धमा देखाएको वीरताले महिलाले पुरुषसरह काम गर्न सक्छन् भन्ने कुराको पुष्टि गरेकोक तर त्यो संस्थागत हुन नसकेकै कारण महिलामाथि दिनप्रतिदिन हिंसा बढिरहेको बताए । उनले अबसर र वातावरण पाए पुरुष सरह काम गर्न सक्ने बताए ।

दोषीलाई उचित कारवाही नहुँदा स्कूल-कलेज गएको छात्रा पनि असुरक्षित हुन अवस्था अाएको भन्दै त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताए ।

राज्यसत्ताकै कारण महिलामाथि हिंसा बढिरहेको बताए । उनले पितृ सत्तात्मक मनोविज्ञानका कारण महिलामाथि हत्या–बलात्कारका घटनालाई बढिरहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार