
भारत भ्रमणपछि चीन भ्रमणमा गएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निराश भएर फर्केका छन् ।
चार दिने चीन भ्रमणमा गएका प्रचण्डले जाेसँग भेट्न भनेर गएका थिए, उनैसँग भेट नपाएपछि प्रचण्ड निराश भएर फर्केका हुन् । चीनमा उत्साहित हुँदै भ्रमणमा निस्केका प्रचण्डलाई चिनियाँ राष्ट्रपति सी जिन पिङले भेट्ने समय नदिएपछि प्रचण्डकाे भ्रमण पूर्णत असफल हुन पुगेकाे हाे ।
चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणा भन्दै प्रचण्ड भदौ ३० गते चीनतर्फ प्रस्थान गरेका प्रचण्डकाे चीन भ्रमण असफल हुनुकाे मुख्य कारण उनी भारततिर ढल्केकाे विशेष सूचना पाएपछि प्रचण्डलार्इ सिले भेट नदिएकाे स्राेतकाे भनार्इ छ ।
यस अघिकाे चिनियँ भ्रमणमा चिनियाँ राष्ट्रपतिले विशेष भेट दिएका सिले यसपटक प्रचण्डलार्इ समय उपलव्ध गराएनन् । जहाँकि काठमाडौंबाट चीन प्रस्थान गर्नुपुर्व प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई भेट्ने उनको सचिवालयले जनाएको थियो ।
माअाेवादी केन्द्रकाे अध्यक्ष हुँदा प्रचण्डलार्इ चीनमा भेट दिएका सि जिन पिङले यसपटक प्रचण्डलार्इ एमालेसँग एकता गरेपछि भेट नदिनुकाे ठूलाे रहस्य रहेकाे छ ।
फेरि पार्टी एकता भैसकेपछि प्रचण्डले पहिलो पटक भारतको भ्रमण गरेका थिए । भारत भ्रमणलगत्तै उनी चीन गएका हुन् । भारतमा प्रचण्डलार्इ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य प्रभावशाली नेताहरुले विशेष भेट दिएका थिए ।
प्रचण्डकाे दाेहाेराे तेहाेराे राजनीतिक व्यवहारले चीन प्रचण्डसँग धेरैपटक झस्केकाेले पनि यसपटक चीनका राष्ट्रपति एवं चीकपा महासचिव सि जिन पिङले समय नदिएकाे बताइन्छ ।
चीनका राष्ट्रपति सिले भेट नदिएपछि उपराष्ट्रपति वाङ क्वी सानसँग प्रचण्डले भेट गरेका थिए ।







