सुनसरीको भुटाहास्थित रैय्यान नेसनल स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको हत्या बिरोधमा स्थानीयले आन्दोलन थालेका छन्। प्रहरी उठाएको शव खोसेर स्थानीय आन्दोलनमा निस्किएका हुन्।

बिहान साढे ११ बजे भारतबाट आएका दुई जना व्यक्तिले आलमको गोली हानी हत्या गरेका थिए। सुनसरी–हरिनगर–२ का आलममाथि मोटरसाइकलमा आएका हतियारधारीले गोली प्रहार गरेका थिए।स्थानीयले टायर बालेर बिरोध प्रदर्शन थालेका छन्। आलम हत्याको बिरोधमा स्थानीयको ठूलो समूह आन्दोलनमा निस्केको छ।

आलमको कन्चटमा गोली हानिएको बताइएको छ। पसलमा चिया खाएर फर्किंदै गरेका आलममाथि गोली प्रहार गरिएको थियो।स्थानीयले टायर बालेर बिरोध प्रदर्शन थालेका छन्। आलम हत्याको बिरोधमा स्थानीयको ठूलो समूह आन्दोलनमा निस्केको छ। आलमको कन्चटमा गोली हानिएको बताइएको छ। पसलमा चिया खाएर फर्किंदै गरेका आलममाथि गोली प्रहार गरिएको थियो।

आलम एकीकरण हुनुअघि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सल्लाहकार थिए। ‘निजी स्कुल चलाएर बसिरहनुभएको उहाँ सामाजिक अगुवा पनि हुनुहुन्थ्यो,’ पूर्वसांसद रेवतीरमण भण्डारीले सेतोपाटीसँग भने, ‘उहाँ नेकपा गठनअघि एमालेको जिल्ला कमिटी सल्लाहकार हो।’

तिघ्रा, कम्मर र ढाडमा गोली लागेका पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। घटनापछि नेपाल भारत सिमा नाका सिल गरिएको उप्रेतीले बताए। ‘हतियारधारी को थिए खुलेको छैन,’ प्रमुख जिल्ला अधिकारी उप्रेतीले सेतोपाटीसँग भने, ‘बोर्डर सिल गरी खोजी थालिएको छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार