सुमधुर स्वरका धनी स्वरुप राज आचार्यको स्वरमा अर्को मन छुने तथा कर्णप्रीय “त्यही आउ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सत्य-स्वरुपको १२ औं एल्बम “प्रारम्भ” बाट सार्बजनिक भएको यो तेस्रो म्युजिक भिडियो हो । बिगत लामो समय देखि अष्ट्रेलिया बस्दै आउँनु भएका गायक तथा सङ्गीतकार आर.सि. थापा (रामचन्द्र थापा) को एकल सङ्गीतमा तयार पारिएको यस् एल्बम बाट ” तिम्रो सुन्दर आँखामा” बोलको गीत तथा म्युजिक भिडियो लाई दर्शकले सर्वाधिक मन पराएका थिए ।
आर.सि. थापा अन्तरास्ट्रिय नेपाली कलाकार सममाज (ईनास) को ग्लोबल उपाध्यक्ष पनि हुन । सदाबहार र रोमान्टिक गीत रहेको हुनाले दर्शक रश्रोताले यस् गीत लाई पनि मन पराउँछन भन्ने कुरामा उनि आशावादी देखिन्छन् । यस गीतको सब्द रचना रमेश दाहालको रहेको छ भने सङ्गीत संयोजन राम कार्कीको रहेको छ ।
काठमाडौंको मनोरम ठाउँ गोदावरिमा यस म्युजिक भिडियो लाई छयाङ्कन गरिएको छ । आर.जे तथा भि.जे रन्जित पौडेल अनि चर्चित टेली श्रीङ्खला भद्रगोलकी कलकार तथा मोडेल रक्षा श्रेष्ठको मुख्य अभिनय रहेको छ । अमृत सुनुवारद्वारा निर्देशित यस् म्युजिक भिडियोमा धन योन्जनको छयाङ्कन रहेको छ भने माधब बेलबासेको सम्पादन रहेको छ । त्यस्तै निर्माता निर्देशनको काम कृष्ण योन्जन लामाले गर्नु भएको छ ।







