विप्लव नेेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलगायत हिरासतमा रहेका सबै नेता कार्यकर्ताहरूलाई सरकारले  रिहा गर्ने भएकाे छ ।

वार्ताकाे वातावरण सहज बनाउन  पनि सरकारले अब अदालतले छाड्न आदेश दिएलगत्तै अर्को मुद्दा नलगाउने भएको छ । अाजकाे दिन प्रवक्ता प्रकाण्ड रिहा हुने भएका छन् भने अरू नेताहरू पनि क्रमश रिहा हुने सरकारी वार्ता टाेलीका एक वरिष्ठ सदस्यले जानकारी दिए।

साेम प्रसाद पाण्डेकाे नेतृत्वमा सरकारले गठन गरेको वार्ता टोलीको अनुराेधमा गृहमन्त्री रामबहादुर थापा बादलले अब नेकपाका नेताहरूलार्इ गिरफ्तार नगर्ने प्रतिबद्धता जनाएका छन् ।

विप्लव नेकपासँग वार्ताको वातावरण बनाउन सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी अाेलीदेखि  गृहमन्त्री रामबहादुर थापासँग लामाे छलफलपछि अब अदालतले रिहा गर्ने आदेशपछि पुनः गिरफ्तार नगर्ने भएको छ ।

‘वार्ताकाे वातावरण सहज बनाउनका लागि पहिलाे चरणमा अाजै प्रकाण्डजी रिहा हुनुहुनेछ ।’ वार्ता टाेलीका एक वरिष्ठ सदस्यले भने, ‘प्रकाण्डजी पछि क्रमश सबै नेता र कार्यकर्ताहरू रिहा हुनेछन् । याे सरकारकाे प्रतिबद्धता हाे ।’

त्यसैगरी गृहमन्त्री नेकपाका अरु नेता–कार्यकर्ताको हकमा पनि त्यही निर्णय लागु हुने सहमति पनि भएको छ । अब अदालतले रिह ागर्न आदेश दिएका अन्य नेताहरुलाई पनि पुनः गिरफ्तार नगर्ने सहमति भएको छ ।

सरकारले वार्ताका लागि आह्वान गरेपनि आफ्ना नेतामाथि गिरफ्तारी र धरपकड जारी राखेको अवस्थाको वार्ताको कुनै सम्भावना नभएको नेकपाका नेताहरुले बताउँदै आएका थिए ।

‘सरकार कसरी प्रस्तुत हुन्छ त्यसैमा वार्ताकाे वातावरण बन्ने कि नबन्ने थाहाँ हुनेछ’, विप्लव नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘हाम्रा सबै नेता कार्यकर्ताहरूकाे रिहापछि मात्र हामीले वार्ताबारे ठाेस धारणा लिनेछाैं ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार