अमेरिका भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई विरुद्ध अमेरिकामा मुद्दा दायर गर्ने तयारी भइरहेको बताइएकाे छ ।

तत्कालिन माओवादीले जनयुद्धका क्रममा  मारिएका २४ परिवारका सदस्यहरूले बाबुराम भट्टराई अमेरिका भ्रमणमा रहेको समयमा मुद्दा दायर गर्न आपसी छलफलमा जुटेका छन् । छलफलमा इन्टरनेशनल क्रिमिनल कोर्टमा मुद्दा दायरा गर्न चाहिने आवश्यक प्रमाण र कागजपत्रका विषयमा उनीहरूले कानुन व्यवसायीको परामर्श समेत लिएका छन् ।

कानुन व्यवसायीहरुले ‘युद्ध,अपराध र मानवता विरुद्धको अपराध’मा मुद्दा दायर गर्न मिल्ने बताएपछी साेहीअनुसार पीडितहरुले तयारी गरिरहेका छन्। अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेका २४ परिवार मध्ये ८ परिवार भट्टराईको गृह जिल्ला गोर्खाका रहेका छन् ।

पीडित परिवारको आवाज दबाउन प्र्चण्ड र बाबुरामले हत्याको जिम्मा लिँदै ‘सक्ने भए थुनेर देखाऊ’ भनेर दिएका अभिव्यक्तिहरू अव अन्तर्राष्ट्रिय अदालतमा पेस हुनेछन् । कुनै पनि युद्धका समयमा निसस्त्र मानिसहरूलाई हत्या गर्नु जघन्य अपराध ठहर गर्दै अन्तर्राष्ट्रिय अदालतले त्यसमा संलग्न वा निर्देशन दिनेलाई कारबाहीको दायरामा ल्याउने गरेको छ ।

अन्तर्राष्ट्रिय अदालतकाे नजिरलार्इ हेर्दा तत्कालिन माअाेवादीका मुख्य कमाण्डर भट्टाराइ र प्रचण्ड दाेषी नै देखिएका छन्। अन्तराष्ट्रिय अदालतले यदि मुद्दामा कारवाही प्रक्रिया अागाडी बढाए प्रचण्डसमेत तानिने छन्।

जसले पूर्व एमाले र माअाेवादी मिली बनेकाे नेकपा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी अाेली तनावित बनेका छन् । nepalpana

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार