सरकारले वार्ताकाे अाव्हान गरिरहँदा नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

सरकारी वार्ता टाेलीले नेकपाका सबै नेता कार्यकर्ताहरू रिहा हुने भनेर भनिरहँदा शुक्रबार सर्वोच्च अदालतले रिहाईका आदेश दिए लगत्तै यी दुर्इ नेतालार्इ  प्रहरीले गेटबाटै पुनः गिरफ्तार गरेको हो । अदालतले प्रहरीले लगाएको अभियोग पुष्टि नभएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

वार्ताको वातावरण बनाउन भन्दै प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई पुनः गिरफ्तार नगर्ने समझदारी भएको भन्ने वार्ता टाेलीका जिम्मेबार सदस्यहरूले बाेलिरहँदा सरकारले नेकपाका दुर्इ नेतालार्इ अाज पुन पक्राउ गरेपछि सरकारप्रति सबैकाे अाशंका पैदा भएकाे छ ।

अाज शुक्रबार कार्की र धमलाका पक्ष थुप्रै वरिष्ठ र विद्धान अधिवक्ताहरूले बाेलेका थिए भने सर्वोच्चका न्यायाधीश अानन्दमोहन भट्टराई र प्रकाशमानसिंह रावतको संयुक्त इजलासले रिहा गर्न अादेश दिएको हो ।

प्रहरीले जबरजस्त पक्राउ पुर्जी भिराएको भन्दै नेकपाका नेताहरूले पत्र बुझ्न मानेका थिएनन् । उनीहरुले अदालतको आदेशको विरुद्ध सरकार गएको बताएका छन् ।

सरकारले एकातिर वार्ताकाे कुरा गर्ने तर अर्काेतिर नेकपाका नेताहरू पुन गिरफ्तार गर्दै जान थालेपछि कसरी वार्ता अगाडि बढ्छ भनेर नागरिक समाज र मानवअधिकारीवादीहरूले टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार