सरकारी वार्ता टाेलीका संयाेजक संयोजक सोमप्रसाद पाण्डेले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी राजनीतिक मोर्चा भएको बताएका छन् । उनले नेकपाका प्रवक्ता प्रकाण्डको रिहाई पछिको पुनः गिरफ्तारीले वार्तामा असहजता पैदा गरेको बताएका छन् ।

“विप्लवले नेतृत्व गरेको नेकपा राजनीतिक मोर्चा हो । उसले उठाएका मागहरू राजनीतिक छन्” शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले नेकपासँग राजनीति रुपमा व्यवहार गरिनुपर्ने बताए ।

नेकपा प्रवक्ता प्रकाण्डको गिरफ्तारी र रिहाइको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताउँदै राजनीतिक र गैरराजिनक क्रियाकलाका आधारमा सरकार व्यवहार गर्नुपर्ने धारणा राखे । उनले भने, “राजनीतिक र गैरराजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरूलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनु पर्छ ।”

आफूले प्रकाण्डको रिहाई र गिरफ्तारीबारे अदालत र सरकारसँग कुराकानी गरेका जानकारी गराउँदै संयोजक पाण्डले अदालतले दोषी नरहेको भन्दै रिहाइ गर्न भन्ने र गृहले अदालतको परिसरबाटै पक्राउ गर्ने प्रक्रियाले अनेक प्रश्न खडा भएको बताए ।

उनले प्रकाण्डलाई बारम्बार गिरफ्तार गर्नुको भित्री कारण उजुरी र जाहेरीको आधार भएको समेत बताए । राजनीतिक आस्था र जनताको हितमा गठित समूहहरूको बारेमा सरकार गम्भीर हुनुपर्नेमा पाण्डेले जोड दिए ।

सरकारले भदौ ८ गते पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । गृहमन्त्रालयमा कार्यालग खडा गरेको वार्ता टोलीले भदौ २५ गते वार्तामा आउन सार्वजनिक आह्वान गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार