सत्ताधारी नेकपामा वर्षमान पुन अनन्तले अाफ्नी श्रीमती अाेनसरी घर्तीलार्इ पाँच नम्बर प्रदेशकाे अध्यक्षमा राख्न सफल हुँदा रूकुमका चर्चित नेता गणेशमान पुनकाे राजनीतिक हैसियत फेरि पटक कुनामा थन्किन पुगेकाे छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोक्ने क्रममा नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ले इन्चार्ज पूर्व एमालेको भागमा परेपछि आफ्नी श्रीमतिलाई अध्यक्ष बनाएरै छाडेका छन् ।

नेकपामा पूर्वमाआेवादीबाट अन्य नेताहरु समेत आकांक्षी रहेको बुझिएपनि प्रचण्ड आेलीलाई घुर्क्याएरै नेपालको राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख आेनसरी घर्तीलाई अध्यक्षमा सिफारिस गर्न वर्षमान सफल भएका हुन् ।

संघियतापछिको कान्छो जिल्ला बनेको रुकुम पूर्वका नेता तथा पूर्व वाइसीएल अध्यक्ष गणेशमान पुनको समेत चर्चा रहेपनि दलबहादुर राना अटाउँदा पूर्वआपुर्ति मन्त्री समेत रहि सकेका पुनलाई बाइपास गरिएको छ ।

प्रदेश ५ मा इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा आेनसरी घर्ती, सह-इन्चार्जमा दलबहादुर राना र सचिवमा जगप्रसाद शर्मा रहेका छन् । तर, नेपालको युवा संगठनलाई चलाएमान बनाएर वाइसीएलको सफल नेतृत्व गरेका सालिन नेता गणेशमान पुन ‘रश्मी’लाई यसरी पाखा लगाउनुमा नेता बामदेव गाैतमको समेत हात रहेको स्रोतको दावी छ ।

नेकपाका अध्यक्ष प्रचण्डले बामदेवलाई रुकुम पूर्वबाट सांसद बनाउने खेलमा वर्तमान सांसद कमला रोकालाई राजीनामा दिन सुझाएको तर, रोकाले जनताको मतलाई अपमान नगर्ने भन्दै इन्कार गरेकाले यो अवस्था आएको स्रोतको दावी छ ।

यसअघि नेता पुन र रानाको अध्यक्षमा चर्चा समेत चलेको थियो । पहिलो संविधानसभामा उनी समानुपातिकबाट सभासद् बनिन् । झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिने युवा तथा खेलकुद मन्त्री भइन् । दोस्रो संविधानसभा निर्वाचनमा उनले रोल्पा–२ बाट जितेर उपसभामुख बनेकी थिइन भने, कमला रोका नेता गणेशमान पुनकी श्रीमति हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार