
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आज (आइतबार) उपत्यका बन्दले राजधानीको जनजीवन प्रभावित भएको छ ।
विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि सामान्य बल प्रयाेग गरिएकाे बताइएको छ । ललितपुरको च्यासल, काठमाडौँको मनमैजु, धोवीघाटमा ट्याक्सीलाई सम्झाएर छोडिएको बताइएको छ । ट्याक्सी चालकले आफूलाई जानकारी नभएकै कारण चलाएको भनेपछि सम्झाएर पठाएको नेकपाले जनाउकाे छ ।
नेकपाका प्रवक्ता प्रकाण्डलगायत नेता कार्यकर्तामाथि सरकारले झुटा मुद्दा लगाउने, अदालतले रिहाईको आदेश गर्दा पनि परिसरबाटै पुनः गिरफ्तार गर्ने गरेको भन्दै नेकपाल उपत्यका विशेष ब्यूरोले बन्दको आह्वान गरेको हाे ।
त्यसैगरी काठमाडौँका सडकमा विहानैबाट गुड्ने स्कूल बसहरु पनि बन्द छन् । यसले आज विद्यालयहरू पनि बन्द छ। विगतमा गरिएकाे भन्दा भन्दा अाज प्रयोग अाजको बन्द फरक देखिएकाे छ । बल प्रयोग नहुने तर समर्थन हुने र बन्द सफल हुने बताइएको छ ।
नेकपाका उपत्यका ब्यूरो इन्चार्ज प्रज्वले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्तामाथि धरपकड जारी राखेको भन्दै विरोधस्वरू एक दिने उपत्यका बन्दको घोषणा गरेकाे जनाएका छन् ।
इन्चार्ज प्रज्जवले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको घोषणा गरिएको बताएका छन् । उनले नेताहरुलाई अदालतले रिहाईको अदेश हुँदा समेत पटक–पटक गिरफ्तारी गरी झुटा मुद्दामा जिल्ला घुमाउने काम गरिरहेको घोर विरोध तथा भत्र्सना गरेका छन् ।
“ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ । यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ” विज्ञप्तिमा उल्लेख छ ।
इन्चार्ज प्रज्वलले उपत्यका बन्द सफल बनाउन आम जनसमुदायसँग अनुरोध गरेका छन् ।
त्यसैरी निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदासमेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको विज्ञप्तिमा भनिएको छ ।
अाजै दुई जना पोलिट्ब्यूराे सदस्यलाई सर्वोच्चले रिहाईको अादेश गरे लगत्तै प्रहरीले गिरफ्तार थियो ।







