
विप्लव नेतृत्वकाे नेकपाका प्रवक्तालार्इ पुन सर्वाेच्चमा उपस्थित गराउन सर्वाेच्च अदालतले अादेश दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतमा उपस्थित ल्याउने तयारी गरेकाे छ ।
सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
सर्वोच्चको आदेशानुसार विश्वकर्र्मालाई राजधानी ल्याउने तयारी गरिएको पनि जिप्रका उदयपुरले बताएकाे छ ।
एक हप्ता अगाडि सर्वाेच्च अदालतले रिहा गरेपछि प्रकाण्डलार्इ काठमाडौंबाट उदयपुर लगेकाे थियाे । वार्ताकाे प्रसँग चलिरहेकाे बेला सरकारले विप्लव नेकपाका नेता कार्यकर्ताहरूलार्इ छाेड्ने बताउँदै अाएकाे छ ।
तर शुक्रबार नेकपाका पाेलिटव्युराे सदस्य द्धय जीवन्त र गंभीरलार्इ सरकारले गिरफ्तार गरेकाे थियाे ।







