
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलार्इ अाज अाइतबार सरकारले रिहा गर्ने भएकाे छ ।
लामाे समय हिरासतमा रहेका प्रवक्ता प्रकाण्डलार्इ अाज सर्वाेच्च अदालतले रिहा गरेपछि सरकारले पक्राउ नगर्ने भएकाे छ । प्रकाण्डलार्इ सर्वाेच्चले पटक पटक रिहा गर्न अादेश दिदा पनि सरकारले भने पटक पटक पक्राउ गरेर देशका विभिन्न हिरासतमा राख्ने गरेकाे थियाे ।
सरकारले नेकपासँग वार्ता गर्न उच्चयस्तरीय वार्ता टाेली गठन गरिरहेकाे बेला वार्ताकाे वातावरण बनाउन पनि प्रकाण्डलार्इ अब सरकारले गिरफ्तार नगर्ने भएकाे छ ।
सरकारी वार्ता टाेलीका एक वरिष्ठ सदस्यले जनपाटीसँग भने, ‘प्रकाण्डजीलार्इ अाज सरकारले रिहा गर्ने निश्चित भएकाे छ । अब प्रकाण्डलगायत अरू नेताहरूलार्इ सरकारले गिरफ्तार गर्ने छैन ।’
सर्वाेच्च अदालतले नेकपाका प्रवक्तालार्इ पुन: सर्वाेच्चमा उपस्थित गराउन अादेश दिइसकेकाे छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतमा उपस्थित गरिनेछ।
सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने छ ।
एक हप्ता अगाडि सर्वाेच्च अदालतले रिहा गरेपछि प्रकाण्डलार्इ काठमाडौंबाट उदयपुर लगेकाे थियाे । वार्ताकाे प्रसँग चलिरहेकाे बेला सरकारले विप्लव नेकपाका नेता कार्यकर्ताहरूलार्इ छाेड्ने बताउँदै अाएकाे छ ।
तर शुक्रबार नेकपाका पाेलिटव्युराे सदस्य द्धय जीवन्त र गंभीरलार्इ सरकारले गिरफ्तार गरेकाे थियाे ।







