नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ रिहा भएका छन् । अाज भने प्रहरीले उनीहरूलार्इ गिरफ्तार गरेन ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस गर्दै आइतबार सर्वोच्चले रिहाई गर्न आदेश दिएको थियो । यसअघि उनीहरुलाई अदालतकै गेटबाटै प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो ।भुजेलका भाई पदमबहादुर भुजेल र केसीकी श्रीमती सीमा केसीले बिनाकारण गैरकानूनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहाईको माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।
रिटमाथिको बहसपछि गत हप्ता सर्वोच्चले बाटोको म्याहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको थियो ।
भुजेल र केसीलाई तेस्रोपटक गिरफ्तार गरी विभिन्न जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ । दुवैजनाको रिटमाथि बहस गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको पूर्ण इजलासले रिहा गर्न अादेश दिएको हो ।
भुजेल र अाजादको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दुबै नेता सुरक्षित रुपमा अाफन्तको सम्पर्कमा पुगेको बताएका छन् ।
यता नेकपा प्रवक्ता प्रकाण्डकाे अाज हुने पेशी (बहस) मंगलबारका लागि सरेकाेले उनी रिहा भएनन् । अाइतबार ढिला मात्र उनलार्इ सर्वाेच्चमा उपस्थित गराइएकाेले उनकाे बहस हुन नसकेकाेले उनी रिहा सकेनन् ।
मंगलबार उनकाे सर्वाेच्चमा हुने बहसले मात्र रिहा गरिने सरकारी वार्ता टाेलीले बताएकाे छ ।







