भरतपुर : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीकाे दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रमा कयाैं महत्वपुर्ण कामहरू छाेडेर फलफूल तथा तरकारी बजारकाे उद्घाटन गर्न चितवन पुगेकाे उनका नेता कार्यकर्ताहरूले बताएका छन् ।

आइतबार भरतपुर महानगरपालिकाको फलफूल तथा तरकारी बजारको उद्घाटन गर्न प्रचण्ड चितवन पुगेका हुन् । छाेरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी प्रमुख भएकाेले पनि उनी प्राय छाेरीले अायाेजना गर्ने जुनसुकै कार्यक्रममा पनि चितवन पुग्ने गर्छन् ।

भरतपुर महानगरपालिकामा छाेरी रेणु र महानगरपालिकाकी उपमेयरबीच एकता नभएकाेले साे कार्यक्रममा उनले अबको विकासका लागि सबैले एकता प्रदर्शन गर्ने बेला अाएकाे बताए ।

‘हामीले धेरै वर्ष राजनीतिक संघर्ष र त्यसको समाधानमा बितायौं अबको दशक विकासमा एकता प्रदर्शन गर्ने हो,’ उनले भने, ‘हामीसँग आफैँले मिलाएर बनाएको संविधान, आफैँले मिलेर गरेको निर्वाचनबाट बनेको  सरकार छ। यसैबाट विकासमा संकल्प गर्ने समय यो दशक हो।’

विकासका लागि सकारात्मक सहकार्यबाट परिवर्तनका लागि अन्य दललाई उनको आग्रह छ। संविधानले देश छिटो विकास गर्ने परिकल्पना गरेकोसमेत उनको भनाइ छ।

दाहालले किसानमुखी बजार विना उत्पादन नबढ्ने भएकाले यसमा लाग्न जोड दिए। बजारको समुचित विकास नगरेसम्म उत्पादन वृद्धि हुन नसक्ने उनको भनाइ छ। ‘बजार राम्रो भए उत्पादन स्वत बढ्छ’ दाहालले भने, ‘कृषिको आधुनिकताको लागि बजार व्यवस्थापन अत्यन्तै महत्वपूर्ण कुरा हो।’

फलफूल तथा तरकारी थोक व्यवसायीको अग्रसरतामा करिब १४ करोडको लगानीमा सुविधा सम्पन्न तरकारी बजार निमार्ण गरिरहेका छन्। भरतपुर महानगरपालिका-२ को क्षेत्रपुरमा फलफूल तथा तरकारी थोक व्यवसायीले आफ्नै पहलमा निमार्ण गरका हुन्।

व्यवसायीले विगत २५ वर्षदेखि भरतपुर महानगरपालिकाको लायन्स चोकमा रहेको जग्गामा फलफूल तथा तरकारी मण्डीमा व्यवसाय गर्दै आएका थिए। व्यवसायी र महानगरपालिकाको सहकार्यमा जग्गा भाडामा लिएर आधुनिक तरकारी बजार बनाइएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार