वामपन्थी विश्लेषक श्याम श्रेष्ठले प्रचण्ड केपी ओलीको हनुमानजस्तै भएको बताएका छन् ।
बोल्ने ठाउँमा नबोल्ने तर नबोल्ने ठाउँमा बोलेर प्रचण्डले ठूुलो गल्ती गरिरहेको विश्लेषक श्रेष्ठको आरोप छ । धेरै ठाउँमा जनताका पक्षमा बोल्ने आवश्यकता हुँदा प्रचण्ड त्यही ठाउँमा नबोल्ने गरेको उनको दाबी छ ।
रातोपाटी अनलाइनसँगको कुराकानीमा विश्लेषक श्रेष्ठले प्रचण्ड ओलीको अण्डरमा रहेर बोल्न नसकेको आभास आफुलाई भइरहेको बताए । उनीसँगको कुराकानीको सानो अंंश :

फाेटाे राताेपाटीबाट ।
एकीकृत पार्टी बनेपछि प्रचण्डको शक्ति कमजोर भएको ठान्नेहरू छन्, तपाईं के मान्नुहुन्छ ?
प्रचण्डको शक्ति कमजोर भए जस्तो लाग्दैन । यति ठूलो पार्टीको सेकेन्ड म्यान हुनु भनेको शक्ति कमजोर होइन । प्रचण्ड आफैले शक्ति कमजोर बनाएका हुन् ।
कसरीभन्दा नबोल्नुपर्ने ठाउँमा बढी बोलेर, अर्को बोल्नुपर्ने ठाउँमा नबोलेर । बढी बोल्ने पनि बानी छ उहाँको । जस्तो गोविन्द केसीको केशमा उहाँ समयमै बोलेको भए जस उहाँमा जान्थ्यो । जस कसलाई गयो भन्दा गरिब जनताले एमबीबीएस पढ्न पाए भने त्यो गोविन्द केसीलाई गयो । बेलैमा बोलेको भए जस प्रचण्डलाई जान्थ्यो तर ठिकै भयो जस गोविन्द केसीलाई गए पनि । किनभने कोही न कोहीले त पाउनै पर्थ्यो । प्रचण्ड त अगेन्स्टमा उभिनुभयो । बोल्नुपर्ने ठाउँमा बोलिराख्नुभएको छैन । जस्तो अहिले पनि सरकारले गर्नुपर्ने कतिपय ठाउँमा सरकार बदनाम भयो भनेर तात्नुपर्ने उहाँ हो । नतातेपछि उहाँको शक्ति कमजोर नभएर कसको हुन्छ । मलाई त अहिले पनि के लाग्छ भने नेपाली राजनीति उहाँको वरिपरि घुमेको छ । अरू कुनै नेताको वरिपरि परिक्रमा छैन । प्रचण्ड गेम चेन्जर हो । त्यति क्षमता उहाँमा छ ।
उहाँको बलियो पक्ष के हो भने उहाँ बोलेर मान्छेलाई दङ्ग पार्न सक्नुहुन्छ । उहाँ डाइनामिक पनि हुनुहुन्छ । डिसिजन मेकिङ क्यापासिटी पनि छ । अन्तर्राष्ट्रिय रूपमा उहाँको ख्याति बढेकै छ । त्यसकारण उहाँमा अपार क्षमता छ तर आफ्नो शक्ति चिन्नु भएन । चिनेर शक्ति प्रयोग गर्नु पर्यो । आफ्नो पार्टीमा मात्रै होइन अरू पार्टीलाई पनि सन्तुलन राख्न सक्ने कोही छ भने त्यो प्रचण्ड हो । सबै पार्टीसँग सन्तुलित सम्बन्ध छ । लोकप्रिय पनि उहाँ नै हुनुहुन्छ । तर आफ्नो शक्ति उहाँले चिन्नुभएन । उहाँ हनुमान जस्तो के । हनुमानले आफ्नो शक्ति आफै नचिनेर अरूले भनिदिएपछि ए हो र ? भन्थ्यो रे त्यस्तै हो प्रचण्ड ।
अहिले नेकपा पार्टीभित्र प्रचण्डको जति अनुकूलता अरू कसैको देख्दिनँ । झलनाथ खनाल केपी ओलीसँग आगो हुनुहुन्छ । प्रचण्डसँग नरम हुनुहुन्छ । माधवकुमार नेपालको केपी ओलीसँग त्यति केमेस्ट्री मिल्दैन तर प्रचण्डसँग मिल्छ । वामदेव गौतमको केपी ओलीभन्दा ज्यादा प्रचण्डसँग मिल्छ । आफ्नो पार्टीको सिङ्गो छँदैछ । यता एमाले पार्टीतिरको जनमत हेर्नुस् त । प्रचण्डले राम्रो काम गर्ने हो उहाँलाई जस्तो अवसर अरू कसैलाई छैन । प्रचण्डको राम्रो बानी कार्यकर्ताको संरक्षण गर्छन् । उनको गुटमा हुनुपर्छ, उनले संरक्षण गर्छन् । यो उनको नेचर हो । उनी यति धेरै राजनीतिक पकडमा रहनु भनेको उनले पर्दा गरेर न हो । उहाँमा मैले देखेका तीनवटा समस्या छन् । एउटा, आफैले आफैलाई नचिन्नु । उहाँमा अपार शक्ति छ । त्यो उहाँले चिन्नुभएको पनि छैन, प्रयोग पनि गर्नु भएको छैन । दोस्रो, डिसाइडिङ स्थितिमा हुनुहुन्छ । अहिले प्रचण्डले विथ ड्र गरिदिनुभयो भने सरकार पार्टी अफ्ट्यारोमा पर्नसक्छ ।
डिसाइडिङ फ्याक्टर देशको परिवर्तनमा प्रयोग गर्नु नि । मान्छेले देख्छन् त, यो मान्छेका कारण यो परिवर्तन भयो भनेर । तेस्रो, जहिले पनि कुरा बदल्ने । उहाँको बोलीको ठेगान नहुने । तर उहाँको बलियो पक्ष के हो भने उहाँ बोलेर मान्छेलाई दङ्ग पार्न सक्नुहुन्छ । उहाँ डाइनामिक पनि हुनुहुन्छ । डिसिजन मेकिङ क्यापासिटी पनि छ । अन्तर्राष्ट्रिय रूपमा उहाँको ख्याति बढेकै छ । त्यसकारण उहाँमा अपार क्षमता छ तर आफ्नो शक्ति चिन्नु भएन । चिनेर शक्ति प्रयोग गर्नु पर्यो । आफ्नो पार्टीमा मात्रै होइन अरू पार्टीलाई पनि सन्तुलन राख्न सक्ने कोही छ भने त्यो प्रचण्ड हो । सबै पार्टीसँग सन्तुलित सम्बन्ध छ । लोकप्रिय पनि उहाँ नै हुनुहुन्छ । तर आफ्नो शक्ति उहाँले चिन्नुभएन । उहाँ हनुमान जस्तो के । हनुमानले आफ्नो शक्ति आफै नचिनेर अरूले भनिदिएपछि ए हो र ? भन्थ्यो रे त्यस्तै हो प्रचण्ड ।
–त्यसो भए प्रचण्डका अबका चुनौती के देख्नुहुन्छ ?
चुनौती के हो भने अहिले जनताको निराशालाई सम्बोधन गर्न सक्नु भएन भने उहाँको पालो आउँदासम्म जनता निराश भइसक्छन् । सबैभन्दा ठूलो चुनौती त्यो हो । जब उहाँ प्रधानमन्त्री हुने पालो आउँछ, त्यति बेला जनता उहासँग हुनेछैनन् । नेकपामै हुने छैनन् । दोस्रो चुनौती भनेको पार्टी लोकप्रिय भयो भने सरकार दिगो हुने हो । पार्टीको जगै खतम भइसकेपछि न प्रधानमन्त्री पदमा हुनुको मजा हुन्छ, न त्यो सरकार दिगो हुन्छ । अर्को चुनौती भनेको सङ्गठन ठूलो भएको छ । ठूलो सङ्गठन भएपछि नेता कार्यकर्ता धेरै हुन्छन् । तिनका धेरै आकाङ्क्षा हुन्छन् । तिनलाई ब्यालेन्समा राख्नु पनि चुनौती हो । अवसर पनि विशाल छन्, त्योसँगै चुनौती पनि चानचुने छैनन् ।







