
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलार्इ अाज सरकारले रिहा गर्ने भएकाे छ । अाज मंगलबार सर्वाेच्च अदालतमा उनकाे बारेमा हुने बहसले उनलार्इ सर्वाेच्चले रिहाकाे लागि अादेश दिनेछ । अाज भने विगतमा जस्ताे प्रकाण्डलार्इ सरकारले गिरफ्तार गर्ने छैन ।
सरकारी वार्ता टाेलीका वरिष्ठ एक सदस्यले यसबारे सुनिश्चित भएकाे बताएका हुन् । उनले भने, ‘अस्ति अाइतबार प्रकाण्डजीकाे पेशी सरेकाेले रिहा हुनु भएन, अाज सय प्रतिशत उहाँ रिहा हुनुहुनेछ ।गठन गरेको वार्ता टोलीका एक सदस्यका अनुसार प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले रिहाईको आदेश दिए सरकारले पुनः गिरफ्तार नगर्ने सरकार सहमति भएको छ ।’
गृहमन्त्री रामबहादुर थापा र वार्ता टोलीबीच भएको छलफलले नेकपाका कुनै पनि गिरफ्तार नेताहरूलार्इ अब अदालतले रिहा गरेपछि पक्राउ नगर्ने सहमति भएको छ ।
सरकारी वार्ता टाेलीले अब नेकपाका सबै नेता कार्यकर्ताहरूलार्इ क्रमश रिहा गर्नेछ । वार्ताका लागि सहज वातावरण बनाउनका लागि पनि सरकारले नेकपाका सबै गिरफ्तार नेता कार्यकर्ताहरूलार्इ रिहा गर्न लागेकाे हाे ।
गत अाइतबार नेकपाका पाेलिटव्युराे सदस्य उमा भुजेल र केन्द्रीय सदस्य टेक बहादुर केसी अाजादलार्इ अदालतले रिहा गरेकाे थियाे ।







