विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले अाेली बादल नेतृत्वकाे सरकारले आफ्नो हत्या गर्ने  षडयन्त्र असफल भएको बताएका छन्।

सर्वोच्च आदलतकाे पाँचाै पटककाे अादेशले रिहाभएपछि माइतीघर मण्डलमा सयाैं सर्वसाधारणकाे उपस्थितिमा कोणसभामा प्रकाण्डले अाफुलार्इ सरकारले हत्या गर्न खाेजेकाे थियाे तर असफल भएकाे बताए।

प्रवक्ता प्रकाण्डले आफ्नो रिहाइले आम क्रान्तिकारी जनताको विजयी भएको दाबी समेत गरे। उनले प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले अाफुलार्इ अनेकन यातना दिएकाेले त्यसको बदला लिने उद्घोष गरे।

हिजो दशौं हजार नागरिकलाई प्रचण्ड-बादलकाे अादेशमा बलिदान गरेकाे तर अाज तिनै याेद्धाहरूकाे मूल्यलार्इ उनीहरूले गद्धारी गरेर प्रतिक्रान्तिकारी बन्न पुगेकाेले त्यसको एकएक हिसाब किताब गरिने दाबी गरे।

‘प्रचण्ड बादललाई जनअदालतले कारबाही गर्छ। यसको बदला हामी लिनेछौं,’ प्रकाण्डले कोणसभामा संवाेधन गर्दै भने।

४९ दिनकाे अाेली सरकारकाे हिरासतमा रहँदा पत्रकार, मानवअधिकारवादी र नागरिक समाजले अाफ्नाे रिहाइका लागि गरेकाे सकारात्मक पहलकाे प्रवक्ता प्रकाण्डले अाभार व्यक्त गरे ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार