
लामाे सयम बितिसक्दा पनि कंचनपुर हत्याकाण्डमा बलात्कारपछि हत्या गरिएका निर्मला पन्तका परिवारले न्याय नपाएपछि अब न्याय दिलाउने काम विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले गर्ने भएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टीले निर्मला पन्तकाे बलात्कार गरेर हत्या गर्ने हत्यारालार्इ पत्ता लगार्इ कार्वाही गर्ने समेत उदघाेष गरेकाे छ । ४९ दिनकाे लामाे प्रहरी हिरासतपछि रिहा भएका नेकपाका प्रवक्ता प्रकाण्डले मंगलबार बेलुकी पत्रकारहरूका सामु यस्ताे उद्घाेष गरेका हुन् ।
घटना घटेकाे झण्डै तीन महिना पुग्नै लाग्दा पनि राज्यले यति सानाे घटनाकाे दाेषीलार्इ पत्ता लगाएर कार्वाही गर्न नसकेकाे भन्दै प्रकाण्डले अाक्राेश व्यक्त गरे । ‘नेपालकाे राज्य कतिसम्म निकम्मा र असफल छ भन्ने कुरा निर्मला पन्तकाे परिवारले अहिलेसम्म न्याय नपाउने अवस्थाले देखाइसक्याे ।’ प्रकाण्डले पत्रकारहरूका अगाडि भने ।
अाेली सरकार दाेषीहरूलार्इ संरक्षण गर्न लाग्दा अहिलेसम्म हत्यारा पत्ता नलागेकाे नेता प्रकाण्डकाे भनार्इ छ । अब अाफ्नाे पार्टीले निर्मलाका परिवारलार्इ जसरी पनि न्याय दिलाइछाड्ने संकल्प प्रकाण्डले गरे ।
‘हामी निर्मलाका हत्यारालार्इ पत्ता लगाएर कार्वाही गरिछाड्छाैं र उनकाे परिवारलार्इ न्याय दिलाइछाड्ने छाैं ।’ प्रकाण्डले भने ।
याे पनि पढ्नुस् ….
निर्मला हत्याबारे छानबिन प्रतिवेदन गाेप्य रूपमा राखियाे
निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा के छ भन्ने खुलाइएको छैन ।
प्रतिवेदन बुझाउने क्रममा सञ्चारकर्मीहरुलाई तस्वीर खिच्न समेत दिइएको थिएन ।
साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । स्थानीय प्रहरीले छानविनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानविन समिति बनेको थियो ।







