कास्की पोखरीमा एक १० वर्षे बालिका मृत अवस्थामा फेला परेकी छिन् । पोखराको पुम्दीभुम्दीमा बिस्कुुट किन्न घरबाट पसल गएकी श्रीया विकको मृत्यु भएको हो ।
सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिडेकी पोखरा महानगरपालिका–२२ मुम्दीभुम्दीमा कोदीकी विक मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
घरबाट पसलतर्फ जाने बाटो नजिकैको झाडीमा उनको शव भेटिएको वडा प्रहरी कार्यलय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
स्थानीयले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेका छन् । बिस्कुट किन्न हिडेकी श्रीया अबेरसम्म घर नआएपछि आफन्तले खोजी सुरु गरेका थिए । मंगलबार बिहान ८ बजेतिर स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । श्रीया लीला आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् ।
झाडीमा मृत भेटिएकी श्रीयाको शव घटनास्थलमा घोप्टो परेको अवस्थामा थियो । निधारमा ढुंगाले हानेको जस्तो चोट रहेको र रगत लागेको तीनबटा ढुंगा शवसँगै रहेको पाइएको छ । उनको शरीरको तल्लो भागको कपडा खोलिएको र माथिको भागको कपडा घाँटीसम्मै सारेको अवस्थामा थियो ।
यो घटनापछि आफन्त र स्थानीयले हत्यारालाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् । प्रहरीले घटनास्थलबाट उनको शव पोस्टमार्टमका लागि अस्पताल लैजान खोज्दा स्थानीय र आफन्तले शव लैजान जदिने भन्दै जाराबाजीसमेत गरेका थिए ।
स्थानीयले बलात्कारपछि उनको हत्या भएको आशंका गरे पनि प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर ल्याउने बताएको छ ।
https://youtu.be/szV7oWYRfro







