
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार प्रकाशित जनआस्था साप्ताहिकको समाचारकाे खण्डन गरेका छन् ।
‘विदेशतिर किन पैसा पठाए विप्लवले ?’ र ‘हतियारको नामै सुन्दा हाँसोलाग्दो’ शीर्षक समाचारप्रति महासचिव विप्लवले अाफ्नाे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निराधार समाचार प्रकाशित नगर्न अाग्रह गरेका छन् ।
बुधवार विहानै एक विज्ञेप्ती जारी गरेर महासचिव विप्लवले समाचार लेख्दा अाधिकारिकता र संवेदनशिलतालार्इ मध्यनजर गरेर समाचार लेख्न जनअास्था साप्ताहिकलार्इ थप अाग्रह गरिएकाे छ ।
‘समाचारहरूको आधिकारिकताको पहिचान र संवेदनशीलताको ख्याल नगरीकन सार्वजनिक गर्नु दुःखद् कुरा हो । हामी सम्बन्धित पक्षलाई यस्ता तथ्य र प्रमाणबिनाका उत्तेजनात्मक समाचारहरू सम्प्रेषण नगर्न अनुरोध गर्दछौँ ।’ महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीमा जनाइएकाे छ ।
विज्ञेप्तीकाे अन्त्यमा महासचिव विप्लवले ४९ दिन लामो हिरासतबाट मुक्त भएका पार्टी प्रवक्ता प्रकाण्डलगायत रिहा भएका पार्टीका अन्य नेताहरूलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन व्यक्त गरेका छन् ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ :

याे भिडियाे पनि हेर्न नभुल्नुहाेला –







