अहिले राष्ट्रिय राजनीतिमा तत्काल नयाँ शक्ति सन्तुलन देखिने अवस्था त छैन । तपाईँका माग प्रचारात्मक मात्र त होला नि ?
राजनीतिक कोर्स परिवर्तन त राजनीतिक दलका मानिसले गर्ने हो, समयले होइन । तपाईँले देखिराख्नु भएको छ । सरकारको अनैतिक रवैया । विप्लव माओवादीका नेता कार्यकर्तामा कस्तो खालको संस्कार गरिरहेको छ, ओलीको संसदवादी सरकारले। प्रदेशको नामकरणले पनि चरम विवाद ल्याएको छ ।
प्रधानमन्त्री ओली प्रदेशका मुख्यमन्त्रीसँग जुहारी खेलिरहेका छन् । अबको ५ महिनामै ओली प्रचण्डको संसदवादी संस्था रहने छैन । प्रतिगामीहरुले खेल्न सक्ने कुरालाई ध्यानमा राखेर क्रान्तिकारी तरिकाबाट हामीले कदम अघि बढाउँछौं । १ महिना काठमाडौंलाई नाकाबन्दी लगाउँछौं । जसलाई प्रभावकारी तरिकाले उठान गर्ने तयारीमा जुटेका छौं । त्यसपछि संसद विघटनको अवस्था आउने छ । ओली र प्रचण्ड पनि बाध्य हुनेछन् ।
अर्को चुनावसम्म नेकपाको अवस्था के होला ?
खासगरी विप्लवले परिपक्व कदम उठाए भने फेरि पनि माओवादी पार्टी राष्ट्रिय शक्तिमा आउँछ । अन्यथा पुँजीवादी कांग्रेस विकल्प बन्ने प्रष्ट देखिन्छ । ओली–प्रचण्डको संसदवादी नेकपाको स्वर्णकाल सकियो । राष्ट्रवादको खोक्रो नारा उराल्दै भारतीय शासकसामु लम्पसार पर्ने ओली–प्रचण्डलाई नेपाली जनताले धिक्कार्ने छन् ।
नेकपाभित्र पूर्व माओवादी नेताहरूको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ ?
एक तिहाई साथीहरू हाँस्दै–हाँस्दै एमालेकरणमा विलय भएका छन् भने दुई तिहाई साथीहरू रुँदै–रुँदै गएका देखिन्छन् । ती रुँदै जानेहरूको आँशुको पोखरीमा प्रचण्डहरूले अभिजातवर्गीय शान प्रदर्शनको प्रयास गर्लान् ।
तर, गृहमन्त्री बादलले विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई हथकडी लगाए भन्नेहरू छन् नि ?
हो । त्यसको नैतिक जिम्मा बादलले लिनुपर्छ। किनकि उहाँ गृहमन्त्री हुनुहुन्छ । तर, यथार्थ के हो भने गृह मन्त्रालयको अनुसन्धान विभाग सुरुमै केपी ओलीले खोसेर लगेपछि बादल आँखा र कान नभएका गृहमन्त्री बन्न बाध्य छन् ।
केपीको तानाशाहले तत्कालीन माओवादीबाट मन्त्री बनेकाहरु आक्रान्त छन् । प्रचण्डले ओलीसँग निकै ठूलो साँठगाँठ गरेका छन् । उनीहरुलाई पेले पनि बोल्ने हिम्मत गर्दैनन् ।
हिजोका सहयात्रीले नै अहिले सरकार संचालन गरिरहेका छन् । तपाईँको सुझाव के छ उनीहरुलाई ?
यो रवैयाले उहाँहरुको आयु पनि ज्ञानेन्द्र शाहको भन्दा लामो नहुने संकेत देखा परेको छ । निर्वाचनताका नेपाली जनतासँग गरेका प्रतिबद्धता पूरा नगरेको खण्डमा जनताले धिक्कार्नेछन् ।
अहिले नै भन्न थालिसके संसदवादी नेकपाका नेतालाई भोट दिएर ठूलो भूल गरेछौं भनेर । ओली प्रचण्डसँग विद्रोह गरेर भए पनि केही क्रान्तिकारी स्भावका मन्त्रीहरुले काम गर्नैपर्छ ।
पहिलोपोष्टसँगको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार