सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको चर्को आलोचना गरेका छन्। बिहीबार संसदको बर्खे अधिवेशनको अन्तिम बैठकमा बोल्दै नेता नेपालले सरकारको जताततै खिसिटिउरी भइरहेको बताए।

‘जनतामा जुन जोगी आए पनि कानै चिरेका भन्ने परेको छ। उनीहरू काम हेर्न चाहन्छन्। परिणाम हेर्न चाहन्छन्,’ नेपालले भने,‘अहिले सरकारको जताततै खिसिटिउरी भइरहेको छ। यसले हामीलाई पोल्नु पर्ने हो।’
‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न…’ भन्ने गीतबाट बोल्न सुरू गरेका उनले सरकार बलात्कारीलाई कारबाही गर्नेदेखि सुशासनका मुद्दामा चुक्दै गएको बताए।
‘कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लागेको छैन। रौतहटलगायतका ठाउँमा बालिकामाथि दिनदिनै एसिड प्रहार भएको छ। यी घटनामा संलग्नलाई कारबाही गर्न म सरकारको ध्यानाकर्षण गराउँछु,’ नेपालले भने।
सरकारले गरेका केही विवादास्पद नियुक्तितर्फ इंगित गर्दै नेता नेपालले दुनियाँले भ्रष्टाचारी भनेको व्यक्ति माथिमाथि जाँदा लाजले शिर निहुरिने गरेको बताए।
‘दुनियाँले भ्रष्टाचारी भनेको व्यक्ति माथिमाथि जाँदा शिर निहुरिन्छ,’ नेपालले दुबै कान थुन्दै भने,‘यो सुन्दा बाटोमा हिँड्न सकिन्न। बसमा हिँड्दा मान्छेहरू यसरी कान थुन्छन् होला।’
उनले विकास निर्माणमा पनि सरकारले गुणस्तरीय काम गर्न नसकेको बताए।
‘चाबहिल र साँखु सडकबारे गीत बनेको छ। त्यो बाटो हेर्न म चार पटक गएँ। म आउने थाहा पाएपछि रातारात पाँच ट्रक गिटी झार्दा रहेछन्,’ नेपालले भने,‘जनताले त्यत्रो सास्ती पाउँदा मन्त्री कहाँ हराउँछन्? सचिव र डिजी कहाँ हराउँछन्?’
उनले विवादस्पद पप्पु कन्ट्रक्सनलाई नयाँ ठेक्का दिने निर्णयको पनि विरोध गरे। ‘जनतालाई गुणस्तरीय काम चाहिएको छ तर यहाँ त कालो सूचीमा पर्ने पुरस्कृत हुने अवस्था छ,’ नेपालले भने।
तराई/मधेसमा सिके राउतका गतिविधिलाई इंगित गर्दै उनले भौगोलिक अखण्डतालाई चुनौती दिइएको कुरा गृह प्रशासनलाई जानकारी छ कि छैन? भनि प्रश्न गरे।
‘







