विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी भदौ १ गते देखि सुरु गरेको संगठन सुदृढ तथा विस्तार अभियान भव्यरुपमा देशैभरी चलिरहेको छ । देशैभरिकाे अभियानसँगै नेकपा रोल्पाले पनि जिल्लामा अभियानलार्इ व्यापक रूपमा अगाडि बढाएकाे छ ।

यसैक्रममा नेकपा रोल्पाले भिम सेन माध्यमिक विद्यालयमा संगठन निर्माण गरेको छ ।रुन्टिगढी ५ सैबाङ, रोल्पास्थित भिम सेन माध्यमिक विद्यालयमा गणेश पुन अध्यक्षतामा ६८ सदस्य मुल इकाई समिति गठन गरिएको अभियान टोलीले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विशेष जिल्लाका सेक्रेटरी पुष्टमान घर्तीले नेपालमा दलाल भ्रष्टाचार र जनघात बढेको र हरेक क्षेत्रमा दलालीकरण, भ्रष्टिकरणलाई अहिलेको दलाल सरकारले मलजल गरिरहेको बताएका छन् ।

उहाँले अब नेपालमा शिक्षा क्षेत्रमा आमूल प्ररिवर्तन गर्नका लागि नेपाली शिक्षालाई वैज्ञानिक शिक्षा लागू गर्नुपर्ने आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । त्यसका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा विद्यार्थीहरुलाई लामबद हुन अपिल समेत गरेका छन् ।

कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)का विशेष जिल्ला संयोजक सुशील परियारले गर्नु भएको थियो । नेकपाको चारमहिने यो अभियान देशकाचारवटै कमान्डमा चलिरहेको नेकपाले जनाएको छ ।

नेकपाकाे संगठन निर्माण अभियानले राेल्पाका स्थानीयमा ठूलाे उत्हास पैदा गरेकाे नेकपाका जिल्ला नेताहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार