क्रान्तिकारी पत्रकारिताकाे लक्ष्य र मिसनका विरूद्ध उत्रने पत्रकारलार्इ नेपाल कम्युनिस्ट पार्टीले कडा कार्वाही गरेकाे छ ।

यही असाेज ११ गते क्रान्तिकारी पत्रकार संगठन, नेपालको नाममा केन्द्रीय समिति गठन गरी अध्यक्ष डिल्लीराज रावतलार्इ अध्यक्ष भनेर गरिएकाे घाेषणालार्इ नेकपाले खारेज गर्दै पार्टीकाे अाधिकारिक अध्यक्ष प्रकाश डुम्रे नै रहेकाे पुन जानकारी दिएकाे छ ।

कथित अध्यक्ष भनेर घाेषणा गरिएकाे डिल्ली राउतलार्इ पार्टी र संगठनका सबै तहबाट निष्कासन गर्नेगरी कार्वाही समेत पार्टीले गरेको छ ।

शनिबार नेकपाका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका फर्याक्सन इन्चार्ज सुलभले प्रेस विज्ञप्ति जारी गरी यस्ताे जानकारी दिएका हुन् । साथै पार्टीले राउत नाम गरेकाे क्रान्तिकारी पत्रकार संगठनसँग सम्वन्धित कुनै पनि कार्य नगर्न सूचना समेत जारी गरेकाे छ ।

इन्चार्ज सुलभद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ यस्ताे छ –

नेपाली क्रान्तिकारी पत्रकारिताको इतिहास बोकेको, सधैँ जनता र राष्ट्रको मुक्तिका पक्षधरता कायम राख्दै आएको क्रान्तिकारी पत्रकार संगठन, नेपालको नाममा यही असोज ११ गतेका दिन केन्द्रीय समिति गठन गरी डिल्लीराज रावतलाई अध्यक्ष बनाइएको भनी आएको प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालको गठन यस अघि नै प्रकाश डुम्रेको अध्यक्षतामा भैसकेको कुरा सार्वजनिक भइसकेको छ । साथै उक्त संगठन क्रियाशिल रहिरहेको छ । उक्त संगठनमा रहँदै आएका डिल्लीराज रावत संगठनको वर्खिलाफ गई आफैलाई अध्यक्ष घोषणा गरेकाले निजलाई सबैतहको साधारण सदस्य पनि नरहने गरी निष्कासन गरिएको जानकारी गराइन्छ । साथै निजव्यक्तिसँग क्रान्तिकारी पत्रकार संगठन, नेपालको आजको मितिदेखि कुनै सरोकार नरहेकाले संगठनसँग सम्बन्धित कुनै कार्यपनि नगर्न सबैमा सूचित गराइन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार