
४ महिने ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी सेती ब्युराले’ व्युराेमा अभियानलार्इ तीव्र रूपमा सञ्चालन गरिरहेकाे छ ।
साे ब्युरो अन्तर्गत कैलाली, डोटीलगायत जिल्लाका विभिन्न ठाउँमा अभियान संचालन भइरहेकाे छ ।अभियानकै क्रममा पूर्व माअाेवादी केन्द्रका दुर्इ दर्जन नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
कैलाली टीकापुर नगरपालिका वडा नं ७ बाट माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरत साउदको नेतृत्वमा २५ जना पूर्वमाओवादी केन्द्र परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।
यसैगरी अभियानकै क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ मा शनिबार वडा भेला सम्पन्न भएको छ । भेलाले राजकुमार चौधरीको नेतृत्वमा १५ सदस्य वडा समिति गठन गरेको छ ।
जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी प्रकाश मल्लको नेतृत्वमा सञ्चालित उक्त अभियान हाल कैलालीको टीकापुर नगरपालिकामा जारी रहेको जानकारी अभियानकर्मीले दिएका छन् ।







