काठमाडौँः नेत्र विक्रम चन्द (विप्लव)निकट विद्यार्थी संगठन नेपाल अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला समिती काठमाडौंले सरकार विरुद्ध विराेध  र्‍याली निकालेकाे छ।

शैक्षिक व्यापारिकरण,बढ्दो महँगी, भ्रष्टाचार र निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा सरकार उदासीन बनेकाे भन्दै अाइतबार विहान उसले विरोध र्‍याली निकालेकाे हाे।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएकाे विराेभ र्‍याली कमलादी, पुतलिसडक पद्मोदय मोड हुँदै प्रदर्शनी मार्गमा पुगेर कोणसभामा परिणत भएको थियो।

उनीहरुले ‘सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, सरकार किन झुक्दैछ, बलात्कारी किन लुक्दैछ, गृहमन्त्री के हेर्दै, बलात्कारीले देश घेर्दै, निर्मलाई देऊ न्याय, नागरिकमाथि भयो अन्याय’ भन्दै नारा लगाएका थिए ।

कोणसभालाइ सम्बोधन गर्दै क्याम्पस जिल्लाका इन्चार्ज एवं अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य ललित बिकले ओली सरकारले दशैँको मुखैमा गाडीभाडा बढाएर जनतालाई शोषण गरेको आरोप लगाए।

उनले कथित वामपन्थी सरकारको ‘सुखी नेपाली,सम्मृद्ध नेपाल’को नाराले प्रधानमन्त्री ओलीका उखान जस्तै हवा खाएको कटाक्ष गरे। उनले सरकारले निर्मला पन्त का हत्यारालार्इ पत्ता लगाइ कारबाही गर्नु भन्दा पनि ढाकछेपतिर लागेकाे अाराेप लगाए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार