सत्ताधारी नेकपाभित्र शीर्ष नेताहरुबीच चलेकाे वाक्युद्धले प्रतिपक्षी र विपक्षीहरूलार्इ निकै राेमाञ्चकता  पैदा गरेकाे छ ।

प्रचण्ड र माधव कुमार नेपालले अाफ्नै सरकारका विरूद्ध खुलेअाम अाैला ठडाइरहँदा अर्का शीर्ष नेता झलनाथ खनालले पनि अाफ्नै अाफ्नै पार्टी र सरकारकाे विरूद्ध अालाेचना गरेका छन् ।

हालै मात्र सरकारको आलोचना गरेर चर्चा कमाएका प्रचण्ड र माधव कुमार नेपालसँगै अर्का नेता झलनाथ खनालले पनि आफ्नो असन्तुष्टि चरम रूपमा पोखेका छन् ।

सोमबार इमेज खबरसँगको कुराकानीमा नेता खनालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । खनालको असन्तुष्टि सरकारसँग मात्रै छैन । पार्टीभित्र गुटलाई मौलाउन दिएको भन्दै उनले नेता नेपालको पनि आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाले पार्टी सन्चालन पद्दति र सरकार सन्चालन विधिमा सुधार नगरे नेकपा नामको डुंगा दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टीका वरिष्ठ नेता खनालले भने, ‘प्रधानमन्त्री केपी ओली नेतृत्वमा सरकार बनेको सात महिना पूरा भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको पनि पाँच महिना बित्न लागेको छ । तरपनि प्रधानमन्त्रीको कार्यशैली सुध्रने संकेत भने देखिएको छैन ।’

नेता खनालले पार्टीभित्रको गुट–उपगुटका कारण सरकारको आलोचना हुँदा अर्को गुट रमाउने शृंखला भएपनि यसले पार्टीलाई अहित गर्ने भन्दै जतिसक्दो चाँडो तत्लो तहसम्म एकता प्रक्रियालाई टुंग्याउन माग गरे ।

पार्टी सन्चालनको शैली, सरकारको काम–कारबाहीबारे समीक्षा गरेर सुध्रने बाटो तय गर्नका लागि तत्काल स्थायी समिति बैठक राख्नुपर्ने नेता खनालको सुझाव छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार